माघ १६,खोटाङ । नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अधिकार’ भन्ने नाराका साथ बुधवार जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको १२ औं जिल्ला अधिवेशनबाट आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
कार्यसमितिको खुला उपाध्यक्षमा विनोद राई र महिला उपाध्यक्षमा दिक्षिका शाक्य ,सचिवमा गणेशप्रसाद आचार्य, सह–सचिवमा सुवास राई र कोषाध्यक्षमा अगमशिंह वि.क सर्वमम्मत निर्वाचित हुनुभएको हो । यसैगरी संगठनको सदस्यहरुमा सुशिला आचार्य,उषाकला राई,सुजना लुइँटेल,बबिता आचार्य ‐ढकाल),शंकर घर्तीमगर,हरिहर दाहाल,राजनप्रसाद दुलाल,राजु बस्नेत,मनोज बस्नेत,सुनिल दाहाल,अर्जुन ढकाल,दिनेश बस्नेत र रोशन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
केन्द्रीय प्रतिनिधिमा पवन पोखरेल,रेखा राई,सुशिला घिमिरे र शिताराम खतिवडा चयन हुनुभएको छ।त्यस्तै, प्रदेश प्रतिनिधिमा राजकुमार राई,जीवन आचार्य,मुरारी सिग्देल र राजन बस्नेत चयन हुनुभएको छ । त्यसैगरी लेखा परीक्षण आयोगको संयोजकमा गणेशबहादुर खड्का चयन हुनुभएको छ । भने,सदस्यहरुमा गोपाल खड्का भूपराज कट्वाल,शान्ता बि.क,मित्रप्रसाद आचार्य चयन हुनुभएको छ ।
संगठनको स्थापना कालदेखि आवद्ध भई विभिन्न जिम्मेवारीमा रहि संस्थागत विकासका लागि योगदान पुर्याएका संगठनका अग्रज तारानाथ आचार्य,थिरबहादुर कार्की,दिलबहादुर खत्री,ददिप्रसाद आचार्य,ओमराज खतिवडा र केदारनाथ खनाललाई जिल्ला अधिवेशन अवसरमा सम्मान गरिएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य तथा खोटाङका इन्चार्ज ध्रुवकुमार कार्कीले जानकारी दिनुभएको छ ।
संगठनका निवर्तमान अध्यक्ष रेखा राईको अध्यक्षतामा भएको १२औं जिल्ला अधिवेशनको उद्घाटन नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य तथा खोटाङ इन्चार्ज ध्रुवकुमार कार्कीको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।