भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’मा अभिनय गरिसकेका कमेडियन तीर्थानन्दले हालैमात्र आत्महत्या गर्नका लागि विष सेवन गरेका थिए । छिमेकीको सहयोगले तीर्थानन्दलाई अस्पताल लगियो, जहाँ उनको उपचारपछि ज्यान बच्यो ।
अभिनेता अध्ययन सुमन एक समय डिप्रेसनको शिकार भएका थिए । लबी कल्चरको शिकार भएपछि उनलाई फिल्मबाट हटाउन थालिएको थियो । यही समयमा उनी अभिनेत्री कंगना रनावतबाट पनि अलग्गिएका थिए ।
कंगनासँग पुरानो सम्बन्धलाई सुचारु गर्न उनलाई निकै समस्या भएको थियो । उनका पिता शेखर सुमनले एक अन्तर्वार्तामा छोराले आफूलाई पटकपटक आत्महत्या गर्न मन लागेको कुरा बताउने गरेको खुलासा गरेका थिए ।
अभिनेता मनोज बाजपेयी नेसनल स्कूल अफ ड्रामामा भर्ना हुने सपना देख्दथे । तर, स्कूलले अस्वीकार गरेपछि उनले आत्महत्याको सोच बनाएका थिए । मनोजले आत्महत्या गर्लान् भन्ने डरले उनका सबै साथी मनोजसँग बस्न थाले, ताकि मनोजले आत्महत्या गर्न नसकून् ।
टेलिभिजन अभिनेत्री शमा सिकन्दरले पनि आत्महत्याको प्रयास गरिसकेकी छन् । डिप्रेसनका कारण उनले एक रात कयौं निन्द्राको औषधि खाएकी थिइन् । औषधि खाएपछि उनले आमालाई बिहान नउठाउनु भन्दै भाइलाई आफ्ना सबै बैंक एकाउण्टको जानकारी पठाएकी थिइन् ।
आधा रातमा शंका लागेर भाइले आमालाई बोलाएका थिए । त्यसपछि कोठामा पुग्दा शमा बेहोस् अवस्थामा थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । जसकारण शमाको ज्यान बच्यो ।
अभिनेता तथा कमेडियन जोनी लिभरको बाल्यकाल संकटमै बित्यो । उनको पिता मदिराप्रेमी थिए, जसकारण जोनी सडकमा डटपेन बेचेर पैसा कमाउँथे । यही समस्याले गर्दा एकदिन जोनीले आत्महत्या गर्ने मन बनाएका थिए । तर, परिवारलाई सम्झिएर आफ्नो मनलाई परिवर्तन गरे ।
अभिनेता सलमान खान वर्षौदेखि ट्रायजेमिनल न्यूरालजिया नामको रोगबाट पीडित छन् । यो बिरामीलाई सुसाइड डिसिज पनि भनिन्छ । यो बिरामीबाट पीडित व्यक्तिको नशामा असहनीय दुखाइ हुन्छ । एक अन्तर्वार्तामा सलमानले यही रोगका कारण आफ्नो दिमागमा कयौं पटक आत्महत्याको सोचाई आएको खुलासा गरेका थिए ।
टेलिभिजन अभिनेत्री जस्मिन भसीनले करियरको सुरुवातमा कयौं अस्वीकारको पीडा झेल्नुप¥यो । उनको अनुहारको रंग नराम्रो भएकै कारण धेरै ठाउँ उनले बेइज्जतको सामना गर्नु परेको थियो । एक समय उनले आत्महत्याको पनि प्रयास गरेकी थिइन् ।