माघ १४,खोटाङ । नेकपा (एकीकृत समाजवादी)पार्टी खोटाङका उप–सचिव सुमन राई सहित जन्तेढुंगाका ६० जना नेता– कार्यकर्ता एमालेमा फर्किएका छन् ।

सोमवार नेकपा ‐एमाले)जन्तेढुंगा गाउँपालिका कमिटीले आयोजना गरेको “मूल घर फर्क अभियान” कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)पार्टी खोटाङका उप–सचिव सुमन राई, मिलन राई, प्रकाश राई, सुमन पुमा राई, जसपाल राई, दुर्गा खत्री, गणेश बस्नेत, प्रेमकुमार राई,बिजयप्रकाश राई लगायत ६० जना नेता–कार्यकर्ता एमालेमा फर्किएका जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख खेमराज राईले जानकारी दिनुभएको छ ।

नेकपा‐एमाले)केन्द्रीय कमिटीले सुरु गरेको जरा केन्द्रीत तीन महिने अभियान अन्तरगर्त खोटाङमा “मूल घर फर्क अभियान”कार्यक्रम सुरु गरिएको र जिल्लाका दशवटै स्थानीय तहमा १६ गते बाट औपचारीक रुपमा अभियान सञ्चालन गरिने प्रमुख राईले बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)पार्टी छोडेर पुरानै घर एमालेमा फर्किएका उप–सचिव सुमन राई सहितका नेता– कार्यकर्तालाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, जिल्ला उपसचिव कविता राई,जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख खेमराज राई लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको थियो ।

एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेख्नुभएको छ, समाजिक सञ्जालमा मनपर्दो लेख्दै एमालेमाथि गालीगलौज गर्नुको कुनै अर्थ नरहेको र ‘राम्ररी बुझे हुन्छ, गाउँमा एमालेप्रतिको आकर्षण बढेको छ । तिम्रा भ्रमका खेतीले जनतालाई किन्चित पनि छोएको छैन ।’

कार्यक्रममा पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, जिल्ला अध्यक्ष देवबिक्रम राई, उपसचिव कविता राई, जिल्ला प्रचार तथा प्रकाशन विभागका प्रमुख खेमराज राई, सचिवालय सदस्य तिलक बस्नेत, बिमला राई, बिदुर राई, जगत राई, यमकुमार राई, देवी योगी, बिरेन्द्र मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर