माघ ९,खोटाङ । कोशी प्रदेश सरकार समाजिक विकास मन्त्रालय परिषरमा पहुँचयुक्त अपाङ्गता सहायता कक्षसहित शौचालय भवन निर्माणको शिलान्यास गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले अपाङ्गता सहायता कक्षसहित शौचालय भवनको बुधबार विहान सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ ले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकासमन्त्री राईले भवन निर्माण पश्चात अपाङ्गताको क्षेत्रमा कार्यगर्न सहज हुने बताउनुभएको छ । कोशी प्रदेश सरकारलाई नै अपाङ्ग मैत्री कक्षको उदाहरणसहितको अभ्यासको अगुवाई हुने छ । मन्त्री राईले भन्नुभयो, “पहुँचयुक्त सेवाप्रवाहको सुनिश्चितता दिर्घकालिन हुने विश्वास लिएका छौं । मन्त्रालयमा आउने जन्मजात अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, दृष्टि वीहिन र गर्भवती महिलाहरुलगायतको सहजताका लागि साथै सेवा प्रवाहमा सहज बनाउन हामिले आजबाट औपचारीकरुपमा भवनको शिलान्यास गरेका छौं ।”मन्त्री राईले भन्नुभयो ।
सामाजिक विकास मन्त्रालयलयको सहकार्य र करुणा फाउन्डेसन नेपालको आर्थिक सहयोगमा मन्त्रालय परिषरमा पहुँचयुक्त अपाङ्गता सहायता कक्षसहित शौचालय भवन निर्माण कार्य गर्न लागिएको हो । फाउन्डेसनको मुल्य अविवृद्धि कर ९भ्याट० बाहेक पीहु एण्ड राज कन्ट्रक्सन प्रा।लि। बिराटनगरले ४० लाख १३ हजार ७२८ पैसामा एक तले आरसीसि सहायता कक्षसहित शौचालय भवन निर्माणको जिम्मा लिएको हो ।
निर्माण कम्पनिले यही माघको दोश्रो साताबाट भवन निर्माणको कार्य शुरु गर्ने करुणा फाउन्डेसन कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि भिष्म खनालले जानकारी दिनुभयो । प्रतिनिधि खनालका अनुसार निर्माण सम्पन्न पश्चात भवनको चाबी मन्त्रालयमा हस्तान्तरण गरिने उहाँको भनाई छ । मन्त्रालय परिषरमा निर्माण हुने एक तले भवनमा पहुँचयुक्त अपाङ्गता सहायता कक्षसहित सभाहल, पुरुष, महिला र यूरिनल शौचालय निर्माण हुने छ । करुणा फाउन्डेसनले सामाजिक विकास मन्त्रालयसँग गत कात्तिक १२ गते भवन निर्माण गर्न सम्झौता गरेको थियो ।
शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महाशाखाकी प्रमुख दुर्गा बराल, राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेशका अध्यक्ष नविचन्द्र ढुङ्गेल, बहिरा महासङ्घका अध्यक्ष र करुणा फाउण्डेशन नेपालका प्रदेश निर्देशक एवम् संयोजक योगेन्द्र गिरीलगायतको उपस्थिती थियो ।