झापा । नेकपा एमालेको १० औं महाधिवेशनमा विएण्डसीका सञ्चालक दुर्गा प्रसाईँसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनीत गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनीत गरेको हो ।
मनोनीत हुनेहरूमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाईँ, जुरोपानीका पूर्व अध्यक्ष अमर सिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी र दमककी उपमेयर गीता अधिकारी रहेका छन् । कूल प्रतिनिधिको ५ प्रतिशत मनोनीत गर्ने वैधानिक व्यवस्थाअनुसार १०६ जना मनोनीत भएका हुन् । यसै गरी, माओवादी केन्द्रबाट आएका बालकृष्ण ढुङ्गेल, कृष्ण केसीलगायत पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर