झापा — झापामा सवारी नियम उल्लंघन गर्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्कले यसलाई पुष्टि गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/२०७९ को पहिलो चार महिनामा ११ हजार ७ सय ५० वटा विभिन्न खाले सवारी साधन कारबाहीमा परेका छन् । ती मध्ये सवैभन्दा बढी ३ हजार ९ सय ९२ वटा त मोटरसाइकल नै रहेको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक निषेश चापागाईँले जानकारी दिए । सबैभन्दा कम यात्रुबहाक बस रहेका छन् । कार्यालयले चालु आर्थिक वर्ष २०७८/२०७९ को पहिलो चार महिनामा ११ हजार ७ सय ५० वटा सवारी साधनलाई कारबाही गर्दा ८० लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । मोटरसाईकलबाट २९ लाख ४६ हजार र ५ सय ६२ वटा यात्रुवहाक बस कारवाही गर्दा ३ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको प्रमुख ट्राफिक प्रहरी निरीक्षक चापागाईँले जानकारी दिएका छन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, सवारी चालक अनुमती पत्र नबोक्ने, तीब्र गतिमा सवारी चलाउँने, क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त नराख्ने सवारीधनी र चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर