झापा — झापाको रतुवामाई बृक्षारोपण आयोजनाको परिसर चमेराको बासस्थानका लागि उपयुक्त थलो बनेको छ । पर्यावरणको लागि अपरीहार्य भूमिका खेल्ने चमेरा लामो समय अघि देखि यस स्थलमा बस्दै आएका छन् । लामखुट्टे, भूसुना, जस्ता हानीकारक कीट हरु खाई पर्यावरणमा ठुलो भूमिका खेल्ने चमेरा सुरक्षीत स्थल भएका कारण रतुवामाई बृक्षारोपण आयोजनाको परिसर सुरक्षित थलो भएका कारण यस स्थलमा बस्दै आएको हुन सक्ने अधिकाशको ठम्याई छ ।

अधिकास क्षेत्रमा पाइने यो प्राणी मानविय चेतनाको कमी र सुरक्षीत वासस्थानका अभावका कारण सिमित क्षेत्रमा आफूलाई सुरक्षीत राख्न वाध्य भएका छन् । यस स्थलमा लगभग २० बर्ष अघिदेखि बस्दै आएको स्थानिय बासिन्दा लाखबहादुर मावो लिम्बुको भनाई छ ।

गुफा, ओढार तथा अग्ला वृक्ष लगायत क्षेत्रमा वस्न रुचाउने यो प्राणी दिनभर झूण्डीयर वस्ने र सा“झ परेपछि आहाराको खोजीमा निस्कन्छन् । अग्ला रुख मासीनाले चोरी सीकारीकै असरको कारण सुरक्षीत स्थलको खोजीमा यस आयोजना वरीपरिका रुखहरुमा वस्दै आएका हुन सक्ने आयोजनाका लेखापाल युवराज कार्कीको भनाई छ ।

लामखुट्टे, भूसुना, जस्ता हानीकारक कीट हरु खाई किसानलाई सहयोग पुर्याउने तथा फल ओसार्दा टाढा–टाढा सम्म विज छर्ने र कतिपय वोट विरुवामा परागसेचन लगायत पर्यावरणमा ठुलो भूमिका खेल्ने आयोजना प्रमुख खेमलाल बिश्वकर्माको भनाई छ ।

एउटा मांसाहारी चमेराले १ रातमा सरदर २ हजार लामखुट्टे जन्य किराहरु खाई पर्यावरण सन्तुलनमा भूमिका खेल्ने भएकाले यसको अभावमा प्रकृतिनै शंकटमा पर्ने साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसन काठमाडौका सदस्य तथा चमेरा विद दिव्य राज दाहाल वताउनुहुन्छ ।

केही फलफूल र साग सव्जी खाई क्षय पुर्याउने भएता पनि वालीमा लाग्ने किटपतङ्ग खाई लाभ पुर्याउने भएकाले कृषकहरुका लागि त चमेराहरु वरदान नै मानिन्छन् ।

भारत, श्रीलङ्का, र चिनमा चमेरा लाई लक्ष्मी र शुभ संकेतको रुपमा मानिन्छ । अमेरीकामा यसको महत्व वुझेर चमेरा वसेको पुराना घरहरु सरकारलेनै किनेर संरक्षण गर्ने गरेको विज्ञहरु वताउ“छन् ।

पहिला यत्रतत्र पाइने चमेरा अहिले झापाको केर्खा, मोरङको डंग्राहा र जिल्ला प्रशासन छेउछाउ, सुन्सरीको ईटहरी आर्मीक्याम्प, कोशी टप्पु वन्य जन्तु आरक्ष, काठमाण्डौको मीन भवन एरीया, भक्तपुरको सल्लाघारी, पोखराको चमेरे गुफा, खोटाङको हलेशी गुफा, संखुवासभाको वालेश्वर लगायत क्षेत्रमा सिमीत छ ।

अनावश्यक किराहरु खाई पर्यावरणमा ठुलो भूमिका खेल्ने चमेराको संरक्षा नभए प्रकृतिनै शंकटमा पर्ने विज्ञ हरुको ठम्याई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर