काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ ।

हिजोसम्म आकाश सफा रहे पनि आज बिहानदेखि मौसम हल्का बद्ली भएको हो ।

वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मौसम बद्ली भए पनि पानी नपर्ने तर अबको तीन दिनसम्म मौसम यस्तै रहनेछ ।

बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भए पनि दिउँसोपख घाम लाग्ने मौसमविद् मानन्धरले बताउनुभयो । केही ठाउँमा कुहिरो लाग्नेछ ।

अरु ठाउँमा भने सामान्यतया मौसम सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर