दमक — नेपालमा अन्तराष्ट्रिय स्तरको सपिङ्ग प्रदान गर्दै आइरहेको मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीले झापाको दमकमा आज बाट २७ औं स्टोरको सेवा प्रारम्भ गरेको छ । आजको एक समरोह बिच धार्मिक पद्धती अनुसार अध्यक्ष मिनबहदुर गुरुङ्ले पुजा गरि स्टोरको सेवा प्रारम्भ गर्नुभएको हो ।
भाटभटेनीको यो स्टोर झापा जिल्लामा दोस्रो हो । यस अघि झापाकै बिर्तामोडमा २६ औ स्टोर सन्चलनमा आइसकेको छ । झापाको ब्यापारिक शहर दमक–९ मा शिलान्यास गरेको १३ महिनामै भाट्भटेनिले नयाँ स्टोर सन्चलानमा ल्याएको हो । स्टोरको सन्चालनले यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक आएको स्थानीयहरु बताउँछन् । १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायर फिट सपिङ्ग स्पेस सहित यो स्टोर सन्चलनमा आएको हो । १ अर्ब ५० करोड बढी लगानीमा निर्माण गरिएको यो स्टोर कोशी प्रदेशको पाँचौ स्टोर हो । यस अघि झापाको विर्तामोडसहित कोशी प्रदेशका धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसकेको छ । देशमा ब्याप्त आर्थिक मन्दीका कारण ब्यापार ब्यवसायमा निरासा छाएको समयमा भाटभटेनीको संचालनलने पूर्वी नेपालको आर्थिक बिकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । भाटभटेनीको स्थापनाले आर्थिक चलायमान हुनुको साथै यस क्षेत्रको पर्यटकीय गतिविधीलाई समेत थप मजबुत बनाउने भन्दै यहाँका अन्य निजी क्षेत्रहरुसमेत उत्साहित बनेका छन् । उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने हुदा सामानको मूल्य र गुणस्तरमा ग्राहक ठगिन नपर्ने भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको भनाइ छ । भाटभटेनी ब्यवसाय मात्र नभैकन यो रोजगारी अभियान पनि रहेको बताउदै गुरुङ्ले भाटभटेनी दमक तथा यस आसपसका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने बिश्वास लिएको उल्लेख गर्नुभयो । स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगारी प्राप्त गरेको समेत उहाको भनाइ छ । आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पुर्ण उर्जा देशमै लगाएको बताउदै उहाले पछिल्लो समय राज्यको ब्यवाहारले आफुलाई केही मात्रामा हतोत्साही बनाएको भएतापनी आफू नडगमगाएको र राष्ट्रको समृद्धिको अभियानमा आफू निरन्तर लाग्ने धारणा राख्नुभयो । स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्लाबाट समेत उपभोक्ताहरु किनमेलका लागि आउने अपेक्षा गरिएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका मुख्य ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार भैसकेको क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बताउनुभयो । बुधबारबाट संचालनमा आएको यस स्टोरले उदघाटनका अवसरमा आम ग्राहकहरुलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले जानकारी दिनुभएको छ । यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्स जोन तथा स्केट पार्क लगायतका सुबिधाहरु रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर