फागुन ७,खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका– ३ सापातेलमा जारी १६ औं सस्करण वडा स्तरीय खुल्ला पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिताको उपाधी ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका–१ कुहिभिरले जितेको छ ।

श्री शान्ति निकेतन मिनाकर्ण मा.विको आयोजना तथा मिना कर्ण ट्रस काठमाडौंको प्रायोजकमा फागुन ४ गतेदेखि बिर्ख बहादुर बस्नेत खेल मैदान सापातेलमा जारी १६ औं सस्करण वडा स्तरीय खुल्ला पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिताको उपाधी चिशङ्खुगढी गाउँपालिका–१ कुहिभिर जितेको हो ।

दुवै टिमले दुई दुई सेट जितेसँगै अन्तिम निर्णयक सेटमा १५–१० अङ्क प्राप्त गरि हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीलाई पराजित गर्दै ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका–१ कुहिभिरले १६ औं सस्करण वडा स्तरीय खुल्ला पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो ।

बिजेता टिमले रु १ लाख कप, मेडल तथा प्रमाण पत्रमा प्राप्त गरेको छ । भने,उपबिजेता हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीले रु ५० हजार, कप, मेडल तथा प्रमाण पत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा तृतीय हुने ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे रु २५ हजार नगत सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

प्रतियोगितामा उकृष्ट खेलाडीको रुपमा कुहिभिरका सुवन माफी र अनुसासित खेलाडीको रुपमा सापातेलका भबिन्द्र राई बेस्ट घोषित भएको थिए ।  १६ टिम प्रतियोगितामा सहभागी भएका थिए ।

श्री शान्ति निकेतन मिनाकर्ण मा.विका वि.व्य.स.अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आतिथ्यता र प्रायोजक मिना कर्ण ट्रस काठमाडौं अध्यक्ष एवं सशस्त्र प्रहरी बल नेपालका पूर्व महानिरिक्षक सनत कुमार बस्नेतको बिशेष आतिथ्यतामा प्रतियोगिता समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर