फागुन,५खोटाङ । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने उद्देश्यले ऐसेलुखर्क गाउँपालिकाका सामुदायीक विद्यालयका प्रधानाध्यापकको क्षमता विकास गर्नको लागि आयोजना गरिएको दुई दिने क्षमता विकास तालिम समापन भएको छ ।

जी फाउण्डेशन नेपालको आर्थिक तथा प्रयास नेपालको प्राविधिक सहयोगमा संचालित दुईदिने क्षमता विकास तालिममा ऐसेलुखर्क गाउँपालिका वडा नः२बाकाचोल,३ ऐसेलुखर्क र ७ माक्पाका २० वटा समुदायीक बिद्यालयका २० जना प्रधानाध्यापकको सहभागिता रहेको थियो ।

फागुन ३गतेदेखि सुरु भएको तालिमको समापन प्रयास नेपालका अध्यक्ष गुप्ती लक्ष्मी राईको अध्यक्षता एवम् ऐसेलुखर्क गाउँपालिकाका कार्यवाहक अध्यक्ष टेकेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा समापन भएको हो । समापन कार्यक्रममा ऐसेलुखर्क गाउँपालिकामा वडा नं. २ का वडाध्यक्ष नन्दकुमार तामाङ,जी फाउण्डेशनका वरिष्ठ कार्यक्रम व्यावस्थापक श्याम नेपाल, ऐसेलुखर्क गाउँपालिका शिक्षा शाखा प्रमुख निरकुमार बस्नेत उपस्थिति रहेको थियो ।

तालिमको सहजिकरण जी फाउण्डेशनका बरिष्ठ शिक्षा अधिकृत ललिता तामाङले गर्नुभएको थियो । जी फाउण्डेशनको आर्थिक तथा प्रयास नेपालको प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिकाका सामुदायीक विद्यालयहरुको शैक्षिक सुधारमा सहयोग गर्न गुणस्तरी शिक्षा, कृषिलाई व्यावसायिक बनाउदै कृषि तथा पोषणमा सुधार गर्न कृषि तथा पोषणमा सुधार र विद्यालय भवन, खानेपानी र सिंचाई निर्माण लगाएका कार्यक्रमहरु संचालन गरिरहेको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर