नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले दमक नगरपालिकाको सडकवत्तीको करिव ७ करोडको बक्यौता देखाएको छ । बक्यौता रकम विगतका वर्षदेखिको महसुल भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको पत्रअनुसार दमकमा गएको असार मसान्तसम्ममा सडकबत्तीको बक्यौता रकम ६ करोड ९३ लाख ६१ हजार ३सय ७६ रुपैया रहेको उल्लेख छ । समयमा बक्यौता नबुझाएवापत लाग्ने २५ प्रतिशत जरीवाना मात्र १ करोड ३८ लाख ७२ हजार २ सय ७५ रुपैया भएको उल्लेख छ । असारसम्मको बक्यौता जरिवाना बाहेकको भने कुल ५ करोड ५४ लाख ८९ हजार १ सय रुपैया रहेको प्राधिकरणको वक्यौता पत्रमा जनाईएको छ ।
प्राधिकरणले केन्द्रको परिपत्र अनुसार सडकबत्तीको लामोसमयदेखिको बक्यौता उठाउन दमक नगरपालिकासहित देशभरिका स्थानीय तहलाई तोकता गरिआएको छ । दमक वितरण केन्द्रका प्रमुख परितोष कुमार चौधरीले केन्द्रको परिपत्र अनुसार वक्यौता उठाउन स्थानीय तहलाई पत्र पठाएको बताउँछन् । माथिल्लो तहबाट त्यसै किसिमको सर्कूलर आएपछि हामीले आफना कार्यक्षेत्रका दमक, कमल,शिवसताक्षी, गौरादह, उर्लावारी लगायतका पालिकामा बक्यौता बुझाउन पत्र पठाएको उनले बताए ।
प्राधिकरणका अनुसार दमकका १० वटा वडामा १७० वटा सडकबत्ती नगरपालिकाको नाममा छ । जसमध्ये सवैभन्दा धेरै वडा न. १ मा र सवैभन्दा कम दमक ७ मा रहेको उल्लेख छ । दमक १ मा २९ वटा ग्राहक नगरपालिकाको नाममा छ । त्यस्तै, दमक ९ मा २७, दमक ४ मा २५, दमक ८ मा २०, दमक ३ मा १८, दमक २ मा १५, दमक ६ मा ९, दमक १० मा ७ र दमक ७ मा ४ वटा ग्राहक नगरपालिकाको नाममा छ । यसवाहेक कतिपय टोल विकास संस्थाहरुले समेत आफनै पहलमा सडकबत्तीको महषुल बुझाउदै आएका छन् । नगरपालिकाको सडकबत्तीको हाराहारीमा स्थानीय टोल विकास संस्थाहरुले समेत आफै सडकबत्ती जडान गरि महषुल बुझाउदै आएका छन् । नगर भित्र कति सडकबत्ती छन् भन्ने आधिकारिक तथ्यांक नगरपालिकासंग पनि छैन् ।
टोल विकास संस्था बाहेक कति त स्थानीयले गाँउघरका सडकमा बत्ती जडान गरि लामोसयमसम्म विद्युत महषुल नबुझाउदाँ कतिपयको घरबाँसनै उठीबास हुने अवस्थामा रहेको पाईएको छ ।
धेरै बक्यौता वडा न. १ , कम बक्यौता ९ वडाको
वकयौता मध्ये सवैभन्दा धेरै दमक १ मा र सवैभन्दा कम दमक ९ मा देखिएको छ । दमक १ वडा भित्र जडित सडकबत्तीको हालसम्म ४ करोड १९ लाख ५३ हजार २ सय २५ रहेको उल्लेख छ । त्यस्तै सवैभन्दा कम दमक ९ को ४ लाख ८३ हजार ९ सय ४४ रुपैया देखिएको रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, दमक २ को १२ लाख ३७ हजार ६ सय २३ , दमक ३ को ६ लाख ३८ हजार ६ सय २८, ४ वडाको १९ लाख १५ हजार ७ सय ११, ५ को २९ लाख २४ हजार ९२ रुपैया , ६ को ४४ लाख ७ हजार ९ सय २९, ७ वडाको ६९ लाख ३०हजार ३ सय ४, दमक ८ वडाको ४१ लाख २७ हजार ३ सय २ रुयैया र वडा नं १० को सडकबत्तीको बक्यौता ४ लाख ८३ हजार ९ सय ४४ रुपैया रहेको उल्लेख छ ।
नगरले गर्यो यस्तो निर्णय
प्राधिकरणले पत्र पठाए पनि त्यस उपर पालिकाले कुनै कदम नचाले प्रचलित नियमानुसार सडकवत्तीको लाईन काट्ने सूचित गरि आएको छ ।
त्यसैअनुसार प्राधिकरणले दमकका भित्री सडकका बत्तीहरुको लाइन काट्न थालेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख रामकुमार थापाले प्राधिकरणले आफूखुसी सडकबत्ती काट्न नहुने बताउँछन् । यसअघि नगरपालिकाले आफनो नाममा मिटर बक्स जोडन सिफारिस दिएकाले ति मिटर बक्समा देखिएको बक्यौता नगरपालिकाका नाममा देखाएको हो । टोल टोलमा बत्ती बाल्दा स्थानीय टोलबासी आफैंले त्यसवापतको महसुल तिर्ने व्यवस्था गरिएको भए वा समय समयमा नगरपालिकाले महसुलका बारेमा जानकारी लिएको भए यो अवस्था नआउने दमक नगर प्रमुख थापाले उल्लेख गरे । बर्षोदेखि सडकबत्तीको महसुल थपिदै अहिले एकमुष्ठ आएपछि स्थानीय तहमा यतिका बक्यौता देखिनाले एक किसिमको आतकंनै भएको उनको भनाई छ ।
सडकबत्तीको समस्या स्थानीय मात्र नभएर देशैभरि समस्या भएपनि नगरले भने अव उप्रान्त यसबाट शिक्षा प्राप्त गरेको नगर प्रमुख थापा सुनाउँछन् । विद्युतको बक्यौता पत्रका विषयमा पछिल्लो दमक नगरपालिकाको वोर्ड बैठकले समन्वयकारी भूमिका निर्वाह गरि समस्या समाधान गर्ने निर्णय भएको उल्लेख छ । नगर प्रमुख थापाले भने, –‘हामीले यो विषयमा गंभीर भएर प्राधिकरणलाई सडकबत्तीका लाइन नकाटन तथा महसाुल बक्यौता संघीय सरकार तथा विभागीय निकायमा बक्यौता मिलान गरिदिन अनुरोध गर्ने निर्णय गरेका छौं ’

प्रतिक्रिया

सम्बन्धित खवर