पुस २,खाेटाङ ।खाेटाङकाे ऐसेलुखर्क गाउँपालिकाकाे  सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास शिक्षकहरुकाे वृत्ति विकास र सिकाई प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले  ७ दिने आधारभूत तालिमकाे आयाेजना गरिएकाे छ ।                                                                                                                                                जि फाउण्डेसनको आर्थिक सहयोग र गाउँपालिका सँगको  समन्वयमा प्रयास नेपालकाे आयोजनामा  पुस १ गतेबाट सुरु भएकाे तालिम  ७ गते सम्पन्न हुनेछ । पालिका भित्रका २६ वटा सामुदायिक विद्यालयमा कार्यरत २७  जना प्रारम्भिक बालविकास शिक्षकहरु तालिममा सहभागि भएका छन् ।

शिक्षकहरुको वृत्ति विकास र सिकाई प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले तालिमकाे  आयोजना  गरिएको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले बताउनुभयो तालिमको सहजिकरण परामर्शदाता सोनी पौडेल (तामाङ)ले गर्नुहुने रिजालले जानकारी दिनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर