नेपाल प्रहरीले भूकम्प पीडितको नाममा सहयोग माग्नेहरुको आधिकारिकतामा ख्याल गर्न आग्रह गरेको छ ।
भूकम्प पीडितलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघ संस्थाहरु आधिकारिक हुन् या होइनन् भन्ने निश्चित गरेर मात्रै सहयोग गर्न प्रहरीको आग्रह छ ।
इन्टरनेटको माध्यमबाट ठगी गर्नेहरुसँग सावधान रहन समेत प्रहरीले आग्रह गरेको छ ।