दमकमा आयोजना हुन लागेको दोस्रो रोयल महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

रोयल स्पोर्टिङ क्लव दमकको आयोजनामा भोलि आईतबारदेखी प्रतियोगिता सुरु हुने आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रतियोगिताबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगितामा ८ वटा टिमहरुबिच प्रतिष्पर्धा गराईनेछ । दमक २ स्थित हिमालय मा.वि खेल मैदानमा आयोजना हुने प्रतियोगिता आइतवार दिउँसो ३ बजेबाट सुरु हुने दमक रोयल स्पोर्टिङ क्लवका खेल संयोक राजु खड्काले जानकारी दिएका छन् । प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैया र उपबिजेता टिमले नगद ३० हजार रुपैया पुरस्कार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यस्तै अन्य बिभिन्न बिधागत पुरस्कारहरु पनि राखिएको आयोजकले जनाएको छ । उद्घाटन खेल नब बुद्ध फुटवल क्लब सप्तरी र सिएफसि काठमाण्डौं बिच हुनेछ भने उद्घाटन खेल अघि पत्रकार ११ र दमकमा क्रियाशिल सामाजिक संस्था, क्लब हिमालयन टाईगर बिच मैत्रीपूर्ण खेल हुने जनाईएको छ । प्रतियोगिताको फाईनल खेल कात्तिक ५ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर