काठमाडौं । ह्याकरलाई फिरौतीको रुपमा २५ लाख अमेरिकी डलर नबुझाउँदा इजरायलको बार आईल्यान विश्वविद्यालयकाे डेटा बाहिरिएको छ । तीन हप्ता अघि विश्वविद्यालयमा साइबर आक्रमण भएको थियो ।

आक्रमणपछि डार्करिप्ट नामक समूहले फिरौतीको रुपमा २५ लाख अमेरिकी डलर माग गरेको टाइम्स अफ इजरेलमा उल्लेख छ ।

विश्वविद्यालयले फिरौतीका सम्बन्धमा कुराकानी गरेको भएपनि ह्याकरलाई पैसा दिन अस्वीकार गरेपछि ह्याकरले उक्त डेटा सार्वजनिक गरिदिएको हो । ह्याकरले आईल्यान युनिभर्सिटिका सयौ‌ं विद्यार्थी तथा प्राध्यापकका हजारौं कागजातहरू अनलाइनमा सार्वजनिक गरिदिएका छन् ।

रकम उपलब्ध नगराएपछि ह्याकरहरूले रिसर्च, ल्याव सम्बन्धी कागजातका साथै अन्य व्यक्तिगत विवरणसहित २० टेराबाइट (टीबी) डेटा टेलिग्राम र वेबसाइटमा सार्वजनिक गरिदिएका हुन् ।

साइबर आक्रमण लगत्तै विश्वविद्यालयको अनलाइन भुक्तानी सिस्टममा समेत समस्या देखिएको थियो । तर उक्त समस्या साइबर आक्रमणसँग सम्बन्धित नभएको र केही घण्टामा आफैँ समाधान भएको विश्वविद्यालयले जनाएको छ ।

अनलाइनमा विद्यार्थीहरूका व्यक्तिगत विवरण बाहिरिनुका साथै उनीहरूका पासवर्ड परिवर्तन भएका छन् र उनीहरूलाई सिस्टमबाट निकालिएको छ । यसकारण विद्यार्थीहरूले विश्वविद्यालय विरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर