झापाको दमक नगरपालिकाले नगर भित्र रहेका ९० बर्ष भन्दा माथिका आमा बुवा र अपाङ्गता भएकाहरुको लागि घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरेको छ ।
चिकित्सक सहितको टोली घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको आज दमक नगरपालिका वडा नम्बर १ बाट सुरुवात गरिएको हो । सेवा सुरुवात कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रशाई, नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराई, दमक अस्पतालकी सूचना अधिकारी देबी दँगाल लगायत चिकित्सकको टोलीको समेत सहभागिता रहेको थियो । दमक नगरपालिका र दमक अस्पतालको संयोजनमा सुरु भएको घरदैलो स्वास्थ्य सेवा कार्यक्रममा नगरका १० वटै वडामा सञ्चालन गरिने दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रशाईले जानकारी दिनुभएको छ । स्थानीय सरकार भनेको नागरिकको घरदैलोको सरकार हो भन्ने कुराको अनुभूति दिलाउन यो कार्यक्रमले थप टेवा पुग्ने उहाको भनाइ छ ।
यस्तै नगर प्रमुख राम कुमार थापाले नगरपालिकाको १३ औं नगर सभाबाट पारित भएको यो कार्यक्रमलाई प्रभाबकारी बनाउन आफुहरु निरन्तर लागिपर्ने उल्लेख गर्नुभयो । उहाका अनुसार हरेक ३ महिनामा एक पटक प्रत्येक सेवाग्राहीको घरमा पुग्ने कार्यक्रमको लक्ष्य रहेको छ । भाद्र महिनामा नगरपालिकाको वडा नम्बर १, २ र ३ मा रहेका ९० बर्ष भन्दा माथिका आमा बुवा र अपाङ्गता भएका (क) बर्ग मा सूचिकृत भएकाहरुको घर घरमा पुगेर सेवा दिईनेछ भने असोजमा वडा नम्बर ४, ५ र ६ त्यसैगरि कात्तीकमा ७,८,९ र १० नम्बर वडामा पुगेर सेवा दिईने नगर प्रमुख थापाले जानकारी दिनुभएको छ ।
यस्तै, जुनसुकै समयमा पनि आवस्यकता महशुस भएर आफुहरुलाई खबर गरेको अवस्थामा घरमै पुगेर बिशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गर्नेपनि नगर प्रमुख थापाको भनाइ छ । यस्तै नगरले हरेक महिनामा एक पटक नगरका १० वटै वडामा स्वास्थ्य शिबिरको आयोजना गर्नेपनि उहाले बताउनुभयो । यस पटक भने भाद्र ३० गते दमक नगरपालिका वडा नम्बर ९ मा रहेको सरस्वती माबिमा स्वास्थ्य शिबिरको आयोजना गरिने पनि उहाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर