दमक — गौ हत्याको बिरोधमा झापाको दमकमा आज सद्भाब र्याली निकालिएको छ ।
ओमकार परिवारको आयोजनामा निकालिएको सद्भाब र्यालीमा सुनसरी लगायत देशका बिभिन्न स्थानमा गौ हत्या हुँदापनि प्रशासनले हत्यारालाई कार्बाहीको दायरामा ल्याउन नसकेको भन्दै भर्म गुरुहरु समेतको उपस्थितीमा त्यसको बिरोध गरिएको हो । सद्भाब र्यालीमा जगद्गुरु बालसन्त, त्यसैगरि गौ संरक्षण अभियानका अभियान्ता नन्दकिशोर भारद्वाज लगायत अन्य धार्मिक अगुवाहरुको समेत उपस्थिती रहेको थियो ।
र्यालीले दमक नगरपालिकाका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो भने र्यालीमा सहभागीहरुले गौ हत्या बन्द गर, हत्यारालाई कार्बाही गर, हिन्दु राष्ट्र कायम गर भन्दै नारा लगाएका थिए । सामाजिक सद्भाब कायम राख्न सद्भाब र्यालीको आयोजना गरिएको आयोजक ओमकार परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर