खोटाङ, ९ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रस ९भवन० ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्यगरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण शुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामाकरण गरिएको एकीकृत बस्तीका ट्र«स भवनहरु अहिले अलपत्र अवस्थामा छन् ।

झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको यो बस्तीको दुईवटा ट्रस भवनमा मात्र अहिले मानिस बसेका छन् । ‘रामनाथ बहुउद्देश्य एकीकृत नमूना बस्ती’ नाम दिइएको एकीकृत बस्तीमा शौचालय र खानेपानीको व्यवस्था छैन ।

वि।सं। २०७७ सालमा उद्घाटन गर्नेगरी निर्माण शुरु गरिएको एकीकृत बस्तीमा रु दुई करोडभन्दा बढी रकम खर्च भएको छ । सिङ्गल वाल ९एउटामात्र इँटा प्रयोग गरिएको गाह्रो० लगाइएको आठ फिट अग्लो भवनमा फलामे ट्रस अड्याएर कमसल किसिमको ९२७ एमएमको आरती० जस्तापाताको छाना हालिएको छ ।

करिब रु एक करोड ५० लाख लगानीमा पूरा हुने भनेर निर्माण शुरु गरिएको एकीकृत बस्तीका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण भवन इकाइ डिभिजन कार्यालय ओखलढुङ्गाको रु ६० लाख र घेराबारका लागि तत्कालीन १ नं। प्रदेश ९हाल कोशी प्रदेश० सरकारको रु १५ लाख लगानी छ । बीस घर भूकम्पपीडितको रु तीन÷तीन लाखको जम्मा रु ६० लाख रकमसमेत सोही ठाउँमा खर्च गरिएको छ ।

एकीकृत बस्ती निर्माणका लागि स्थानीय शारदाप्रसाद ढकालले करिब रु २५ लाख मूल्यको साढे सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । नगरपालिकाको तर्फबाट आर्थिक सहयोगसँगै घडेरी सम्याउन, नक्सा निर्माण तथा पास गर्न र प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको थियो ।

विभिन्न कार्यक्रम गर्न आवश्यक सामुदायिक भवनसमेत निर्माण गरिने भनिएको उक्त एकीकृत बस्तीमा बालबालिकाका लागि छुट्टै बाल उद्यान, कक्षा–५ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमको विद्यालय, मन्दिर, खेलमैदान लगायत रहने जनाइएको थियो । तर, उक्त साँधुरो ठाउँमा अहिले बसोबासका लागि भनेर १९ वटा ट्रस भवन र एउटा सामुदायिक भवनबाहेक कुनै संरचना निर्माण गरिएको छैन ।

निर्माणाधीन एककीकृत बस्तीका लागि आवश्यक रकम अभाव भएकै कारण सञ्चालन गर्न नसकिएको निर्माण उपभोक्ता समितिका संयोजक प्रमेश ढकालले बताउनुभएको छ । “एकीकृत बस्तीका लागि आवश्यक सबै भौतिक संरचनाहरु निर्माण गरेका थियौँ । रकम अभावका कारण रङरोगन र झ्यालढोका थुनथान गर्न बाँकी थियो”, उहाँले भन्नुभयो, “नगरपालिकाले करिब रु सात लाख बजेट उपलब्ध गराएको भए सञ्चालनमा ल्याउन सक्थ्यौँ । बजेट अभाव भएकै कारण सञ्चालनमा ल्याउन नसकेपछि अहिले लाभग्राहीको नाममा पास गर्ने काम भइरहेको छ ।”

एकीकृत बस्तीमा सञ्चालन गर्ने भनिएको विद्यालयका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग काठमाडौँका डाक्टर नरेश रिमालले रु ५० लाख उपलब्ध गराउनुभएको जनाइएको छ । काठमाडौँको झम्सीखेल निवासी डाक्टर रिमालले एकीकृत बस्तीका ट्र« भवनका लागि रु ३० लाख, आवश्यक फर्निचर निर्माणका लागि रु दश लाख र व्यवस्थापन खर्चका लागि बैङ्क खातामा रु दश लाख जम्मा गर्नुभएको थियो ।

होमस्टे ९घरबास०को अवधारण अनुसार निर्माण गर्ने भनिएको एकीकृत नमूना बस्ती वि।सं। २०७५ असोज–४ गते तत्कालीन नगर प्रमुख दीपनारायण रिजालले तामझामका साथ शिलान्यास गर्नुभएको थियो । नेपाल सरकारको अवधारणा अनुसार नगरपालिकाको पहलमा निर्माण शुरु गरिएको भनिएको एकीकृत नमूना बस्तीलाई देशकै नमूना बनाउने तत्कालीन नगर प्रमुख रिजालले दाबी गर्नुभएको थियो ।

बसेरीमा निर्माण गरिएका एकीकृत बस्ती मापदण्ड बिपरित रहेकाले सञ्चालनमा आउन नसकेको स्थानीय बासिन्दा एवम् नेपाली काँग्रेस विजयखर्कका सभापति सन्तोष राईले बताउनुभयो । “एकीकृत बस्ती भनेको मान्छे बस्नका लागि बनाइन्छ । बसेरीमा निर्माण गरिएका भौतिक संरचना हेर्दा एकीकृत बस्ती भएको छैन”, उहाँले भन्नुभयो, “एकीकृत बस्ती निर्माण गर्ने नाममा राज्य कोष र भूकम्पपीडितले पाउने रकम अनियमितता भएको छ । यसप्रति सम्बन्धित निकायले छानविन गरेर कारबाही गर्नुपर्छ ।”

निर्माणाधीन अवस्थामै अलपत्र बनेको एकीकृत बस्तीमा सर्ने सहमति गरेका विजयखर्कका भूकम्पपीडित अहिले वि।सं। २०७२ वैशाख–१२ गते गएको भूकम्पले चर्किएका आ–आफ्नै घर मर्मत गरेर बसिरहेका छन् । बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीका भवन व्यक्तिका नाममा पास गरिए पनि भौतिक संरचना तथा सेवा सुविधा हेरेर उनीहरु त्यहाँ सर्ने मनसायमा नरहेको स्थानीय किसन भुजेलले बताउनुभयो ।

राज्य कोषको रकम खर्च गरेर निर्माण शुरु गरिएको बहेद्देश्यीय एकीकृत बस्ती सञ्चालनमा अहिलेसम्म नगरपालिकालेसमेत चासो दिएको छैन । वाम–लोकतान्त्रिक गठबन्धनले जितेको यो नगरपालिकामा अघिल्लो कार्यकालका जनप्रतिनिधिको पालामा बनेका अधिकांश भौतिक संरचनाहरु उपयोगविहीन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर