चैत २१,खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चर्चित लोकप्रिय गायक राजेश पायल राई लाई नगरपालिकाको ‘सद्घावना दूत’मा राखेको छ । चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयले गायक राईलाई ‘सद्घावना दूत’मा राखिएको मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वेजनिक गरिएको हो ।
गायक राईलाई नगरपालिकाले शान–मान र स्वाभिमानको रुपमा लिएकाले समृद्धि र पहिचानका लागि नगर ‘सद्घावना दूत’ रुपमा राखिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो । मेयर भट्टराईले भन्नुभयो “गायक राईको देश तथा विदेशमा हुने नियमित भ्रमणले नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा हामी विश्वस्त छौं ।” गायक राईले पनि नगरको समृद्धि र पहिचानका लागि आफु लागि पर्ने प्रतिबद्धता दिएको मेयर भट्टराईले जानकारी दिनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मनु भएका राई हाल देशकै चर्चित गायकको रुपमा स्थापित हुनुहुन्छ ।