दमक/ मंगलबार राती पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरीमा बोलेरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पुर्व तर्फ गईरहेकोे बोलेरो गाडीको ठक्करबाट मृत्यु हुनेमा कमल ५ का ४० बर्षिय चन्द्र बहादुर राई रहेका छन । राती करिब सवा १० बजे मे १ ज १९४२ नम्बरको बोलेरेले राईलाई ठक्कर दिएर फरार भएको थियो ।
फरार रहेको सवारी चालकसहित बुधबार बिहान २.३० बजे विर्तामोडस्थित बसपार्कमा फेला पारेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ट्राफिक प्रहरी पोष्ट केर्खाका इञ्चार्ज रोहित थापाले इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको टोलीले फरार रहेको सवारी खोजी गर्ने क्रममा चालक इलाम नगरपालिका २ का ३२ बर्षिय पेम्बा तामाङलाई विर्तामोडमा बसपार्कमा फेला पारेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर