बिहिबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि पुन: काठमाडौंमै अवतरण गराइएको छ ।

श्री एयरलाइन्सले दिएको जानकारीअनुसार उडेको केही समयमै इन्जिनमा आगो देखिएको इन्डिकेटरले देखाएपछि त्यसलाई काठमाडौं अवतरण गर्न प्रयास गरिएको थियो ।

उडान नं. ८२१ को जहाज धादिङको थाक्रेबाट काठमाडौंमा फर्किएको छ । जहाज ९ बजेर ३८ मिनेटमा भैरहवाका लागि उडेको थियो। उडेको २० मिनेटमा इन्जिनमा समस्या देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर