• ढिस्काेले पुरिएर र दुर्घटनामा परेर माेरङका अलग-अलग स्थानमा दुई जनाको मृत्यु भएकाे छ।केराबारी गाउँपालिका-७ मा ढुंगा निकाल्ने क्रममा खसेकाे ढिस्काेले पुरेर ५५ वर्षीय तेजबहादुर मगरकाे शनिबार मृत्यु भएकाे छ । केराबारी-६ का मगरलाई खदम खेलामा गैंती प्रयोग गरेर ढुंगा निकाल्दै गर्दा खसेको ढिस्काेले बिहान १०:३० बजेतिर पुरेको थियो। उद्दार गरेर उपचारका लागि विराटनगरस्थित काेसी अस्पताल ल्याइएको थियो ।प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले ११:३० बजेतिर मृत घाेषणा गरेका हुन् ।
    त्यस्तै धनपालथान गाउँपालिका-३ मा प्रदेश १-०२-००३ ह ४४०७ नम्बरको अटाे दुर्घटना हुँदा चालक ३८ वर्षीय बुधलाल हजामकाे मृत्यु भएको छ। भित्री सडकखण्डमा शुक्रबार राति ९:४० बजेतिर दुर्घटना हुँदा उनी घाइते भएका थिए ।
    उपचारका लागि विराटनगरकाे गाेल्डेन अस्पताल ल्याइएको थियो। परिवारका सदस्यले घर फर्काएर लगेका हजामकाे शनिबार बिहान ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर