काठमाडौं । बिग बोस ओटिटीको पहिलो हप्तामै आउट भएकी उर्फी जावेद वास्तविक जीवनमा निकै बोल्ड छिन् । उर्फी आफ्ना कपडाका कारण कैयौं पटक ट्रोल पनि भएकी छिन् । पछिल्लो पटक ब्रा देखाउँदै एयरपोर्ट पुगेपछि उनी फेरि चर्चामा छिन् । एयरपोर्टबाट उर्फीका केही फोटोहरु सार्वजनिक भएका छन् जसका उर्फीले जीन्स कपडाको साथमा गुलाबी ब्रा लगाएकी छिन् ।

उर्फीले ब्राबाहिर टेनिम सर्ट त लगाएकी छिन् तर त्यो यति छोटो छ कि उनको ब्राको धेरै भाग देखिएको छ । उर्फीको यो तरिका देखेर मानिसहरु अचम्ममा परेका छन् । उनको यो अनौठो लुकका तस्वीर र भिडियो भाइरल भइरहेका छन् । एक प्रयोगकर्ताले यो भिडियोमा कमेन्ट गर्दै लेखेका छन् ‘बाँकी सर्ट मुसाले खाइदियो ?’

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर