खोटाङ, साउन १६ । अनेरास्ववियु खोटाङ ‐काठमाडौं सम्पर्क कमिटीको आठौं अधिवेशनबाट मनोज विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।शनिबार काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा ललिता राई, सचिवमा दिपक विश्वकर्मा, सह–सचिवमा राजेश बुढाथोकी र कोषाध्यक्षमा विशाल पाण्डे सहित १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

 

मौसम आचार्यको अध्यक्षतामा तथा अनेरास्ववियुका केन्द्रीय सचिव गोपाल नेपालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोपाल नेपालले विद्यार्थी आन्दोलनलाई समय अनुकूल सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो संगठनलाई एकताबद्ध, अनुशासित र परिणाममुखी बनाउँदै शैक्षिक क्षेत्रका विकृति तथा विसंगति विरुद्ध सशक्त आवाज उठाउन आग्रह गर्नुभभएको थियो ।

नवनिर्वाचित अध्यक्ष मनोज विष्टले संगठनले विश्वास गरेर दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो विद्यार्थी हक–हितको संरक्षण, संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा अनेरास्ववियुका कोशी प्रदेश इन्चार्ज प्रबिन कार्की, सम्पर्क कमिटी विभागका प्रमुख लोकेन्द्र राणा, सचिवालय सदस्य पुष्मा मगर, कोशी प्रदेश अध्यक्ष नारायण पोखरेल, केन्द्रीय तथा शोलुखुम्बु र खोटाङ इन्चार्ज विष्णु उपरकोटी र केन्द्रीय सदस्य शोनाम मोक्तान लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>