काठमाडौं । बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।

पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो । बाजुराको बडिमालिका नगरपालिका -७ मा एउटा घर भत्किएको डीएसपी सूर्य थापाले बताउनुभयो । उहाँले भन्नुभयो  भौतिक र मानवीय क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर