खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुत्केरी बिदामा बसेका शिक्षिकाको ठाउँमा पठन –पाठन गर्नको लागि नगरपालिकाले शिक्षक नियुक्ति गरेको छ ।

सुत्केरी बिदामा शिक्षिका बस्दा विद्यार्थीहरुको पढाईमा प्रत्यक्ष असर पुग्ने भएकाले विद्यालयमा पठन–पाठन गर्नको लागि नगर शिक्षक नियुक्ति गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो ।

प्रसूती हुने शिक्षिकाहरुको सट्टामा ३ महिनाका लागि सट्टा शिक्षक राख्ने नगर शिक्षा समितिको मंसिर १३ गतेको निर्णय अनुसार मंसिर १५ गते नगरपालिकाले सूचना जारी गरि त्यसै सूचनाका आधारमा आएका व्यक्तिहरुको परिक्षा गरेर १ पुरुष र ३ महिला गरी ४ जना नगर शिक्षक छनोट गरिएको शिक्षा शाखा प्रमुख पदम कार्कीले बताउनुभयो ।

छनोट भएका तीन जना नगर शिक्षकलाई वडा –९ स्थित सरस्वती प्राथमिक विद्यालय, वडा –७ स्थित कालिका आधारभुत विद्यालय र वडा–२ स्थित बालकन्या आधारभुत विद्यालयमा खटाइएको साथै एक जना शिक्षकलाई सुत्केरी बिदामा बसेर खाली रहेको बिद्यालययमा खटाइने नगरपालिकाले जानकारी दिएको छ ।

नगरले खटाएका शिक्षकले नगरपालिकाको आन्तरीक स्रोतबाट आधारभुत तह सरह सेवा सुविधा पाउने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर