खोटाङ । खोटाङमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामुलक र्याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामुलक र्याली निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिषरमा पुगेर समापन गरिएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङको संयोकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई, सामुदायीक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, रेडक्रसका मन्त्री छत्र बजिमय लगायतको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर