खोटाङ । खोटाङमा हुने एकल गजल वाचन कार्यक्रमको पूरा तयारी सकिएको छ । अचानो नेपालको आयोजना हुन गइरहेको एकल गजल वाचन कार्यक्रमको पूरा तयारी सकिएको हो ।
अचानो नेपालले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै मंगलबार दिक्तेलको समिक्षालय हलमा हुने एकल गजल वाचन कार्यक्रमको पूरा तयारी सकिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा गजलकार सुमन स्मारिकाले करीव दुई दर्जन गजल वाचन गर्ने अचानो नेपालका सचिव केदार अनुरागीले बताउनुभयो । उहाँले भर्नुभयो कार्यक्रममा स्थानीय सर्जकहरुले समेत गजल वाचन गर्ने अनुरागीले जानकारी दिनुभयो ।

नेपालभर साहित्यिक कार्यक्रम गर्ने लक्ष्यका साथमा काठमाण्डौ केन्द्रीय कार्यालय राखेर स्थापना गरिएको अचानो नेपालले गर्त असार ४ गते काठमाण्डौमै पहिलो साहित्यिक कार्यक्रम गरेको अचानो नेपालका अध्यक्ष बिशाल विहानीले बताउनुभयो । उहाँले भर्नुभयो मोफसलमा रहेर साहित्य क्षेत्रमा लागेका सर्जकलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विहानीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर