खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रिधार्मिक स्थल हलेसी मन्दिरमा पर्यटक गाइड राखिने भएको छ । हलेसीमा आउने पर्यटकहरुलाई त्यसको महत्व बुझाउन नगरपालिकाले पर्यटक गाइड राख्ने अवधारणा अघि सारेको हो ।

पर्यटकलाई त्रिधार्मिक स्थल हलेसिको महत्व बुझाउन तालिम दिएर गाइड राखिनेधार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका बिभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगाएतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् ।

पर्यटकहरुलाई हलेसीको महत्वको विषयमा विभिन्न ढंगले बर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने मेयर विमला राईले बताउनुभयो । ‘विभिन्न धारणाकासाथ हलेसीलाई वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ । जसकारण त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञबाट तालिम दिएर आधिकारीक गाइड राख्न लागेका छौँ ।’ मेयर राईले भन्नुभयो ।

हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पुजापाठ गर्ने गर्छन । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन । हिन्दु, बौद्ध र किरात तिनै वटा धर्महरुको आ–आफ्नै छुट्टै इतिहास रहेको जानकारहरु बताउछन् । सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्न लागेको बताइएको छ ।

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेज्मेण्ट ९ल्ब्त्ज्ः० सँग सहकार्य गरेर नगरपालिकाले तालिम दिन लागेको हो । तालिम सञ्चालनकालागि छलफल पनि भइसकेको मेयर राईको भनाइ छ । केही समय पश्चात तालिम प्रदान गर्नेगरी सूचना निकाल्न शुक्रबार बसेको नगर कार्यापालिकाको नियमित बैठकले निर्णयसमेत गरेको नगरका प्रवक्ता कमल गिरीले बताउनुभयो ।

कम्तीमा एसएलसी वा एसइइ उतिर्ण गरेका १५ देखि २५ जना व्यक्तिलाई नगरपालिकाले तालिम प्रदान गर्नेछ । तालिम पश्चात उनिहरुलाई रोजगार स्वरुप आवश्यक मापदण्ड निर्धारण गरेर परिचालन गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर