असोज २,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार आयोजित प्रदेशसभा बैठकमा, विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६६ मत प्राप्त भयो ।भने,विपक्षमा १५ मत परेको थियो।

मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने पार्टीहरूमा एमाले र नेपाली कांग्रेस छन्, जवकी माओवादी केन्द्र,लगायतले विपक्षमा मतदान गरेका थिए ।

२७ बैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए । तर सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज पून दोस्रो पटक विश्वासको मत पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर