खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाले बिभिन्न कार्यक्रम गरि ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ ।“बालबालिकामा लगानी,सुरक्षित भविक्ष्यको थालनी”भन्ने नारा सहित वडा कार्यालयले बिद्यार्थीहरुको क्षमताअभिबृद्धि र प्रतिभाप्रस्फुटन गर्नको लागि हाजिरीजवाफ प्रतियोगिता,नृत्य प्रतियोगिता,वक्कृत्वकला प्रतियोगिता लगायतको बिभिन्न कार्यक्रमहरुको आयोजना गरि बाल दिवस मनाएको वडाअध्यक्ष दिनेश कठेतले जानकारी दिनुभएको छ । बालबालिका देशका कर्णधार भएकाले बालबालिकाको क्षमताअभिबृद्धि गर्नको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं वडाध्यक्ष कठेतले भन्नुभयो“बालअधिकारको शुनिश्चितता गर्दै बालमैत्री वडा बनाउन आवश्यक योजनाका साथ कार्यक्रमहरु सञ्चालन गरि रहेको जानकारी दिनुभएको छ ।”
वक्कृत्वकला प्रतियोगितामा महेन्द्रोदय माविकी छात्रा अनुशा कठेत प्रथम र अनु गिरी द्धितिय भएकी थिइन् । श्री मनोकामना जनकल्याण माविकी छात्रा एवम् राई तृतीय भएकी छन् । हाजिरीजवाफ प्रतियोगिथतामा श्री मनोकामना जनकल्याण मा.विका बिद्यार्थी प्रथम भएका छन् । श्री महेन्द्रोदय मा.विका बिद्यार्थीहरु द्धितिय र श्री मनोकमना जनकल्याण मा.विका बिद्यार्थीहरु तृतिय भएका थिए ।
त्यस्तै ः नृत्यतर्फ ः साप्सु जयपति बोडिङ्ग स्कुलका बिद्यार्थी प्रथम,श्री मनोकामना जनकल्याण मा.विका बिद्यार्थीहरु द्धितिय र श्री मुलावारी आधारभूत विद्यालयका बिद्यार्थीहरु तृतिय भएका छन् । सबै बिधाको प्रतितियोगितामा प्रथम हुने बिद्यार्थीहरुले नगत रु १ हजार,प्रमाण–पत्र र शैक्षिक सामाग्री र द्धितिय र तृतीय हुने बिद्यार्थीहरुले प्रमाण–पत्र र शैक्षिक सामाग्री प्राप्त गरेका छन् ।
कार्यक्रमा राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी भइ बिभिन्न बिधामा उपाधी जित्न सफल भएको भन्दै श्री मनोकामना जनकल्याण माविलाई नगत रु १४ हजार पाँच सय र नगर स्तरीय हाजिरीजवाफ प्रतियोगितामा तृतीय हुने श्री महेन्द्रोदय माविलाई रु तीन हजार प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
एस.इ.इ मा वडाभित्रका सामुदायीक बिद्यालयबाट उत्कृष्ट (जिपिए) ल्याएर उत्तिर्ण हुने श्री महेन्द्रोदय मा.विकी छात्रा मिना शेर्पा र १२ कक्षाको परिक्षामा उत्कृष्ट (जिपिए) ल्याएर उत्तिर्ण हुने छात्र विश्व राईलाई प्रोत्साहन स्वरुप नगत रु तीन हजार र प्रमाण–पत्रले सम्मान गरिएको वडाअध्यक्ष कठेतले बताउनुभयो ।
शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन गरि वडाको शैक्षिक बिकासमा पुर्याएको ोगदानको कदर गर्दे श्री मुलावारी प्राथामिक विद्यादयलाई नगत रु १५ सय सहित प्रमाण–पत्रले सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधीसभाका सदस्य तथा पूर्व मन्त्री रामकुमार राई‐पासाङ)लाई मनोकामना फूलवारी बाल क्लवले बिद्यालय भवन र शौचालय बालमैत्री नभएको भन्दै बालमैत्री बिद्यालयको भवन निर्माण गर्नको लागि आवश्यक बजेटको माग गर्दै बिद्यार्थीहरुले ज्ञापनपत्र बुझाएको थिए ।
वडाध्यक्ष दिनेश कठेतको अध्यक्षता र प्रतिनिधीसभाका सदस्य तथा पूर्व मन्त्री रामकुमार राई‐पासाङ)को प्रमुख आतिथ्यातामा सम्पन्न भएको कार्यक्रमको स्वागत वडा सदस्य हरि लुईँटेल र सञ्चालन श्री मनोकामना जनकल्याण माविका प्र.अ.पञ्चकुमार राईले गर्नुभएको थियो ।