भाद्र १५, खोटाङ । खोटाङका पाँच श्रष्टा सम्मानित भएका छन् । शुभम फाउण्डेसनको सभाहलमा शनिवार आयोजित ‘पुस्तक चर्चा, सम्मान तथा पालिकाअभिलेख डटकम नामक न्युजपोर्टल सार्वजनिक’ कार्यक्रममा साहित्यकार विष्णु आभुषण, कृष्ण आचार्य, नरेन्द्र निर्विकार, एमसी सुमित र रेखा राई ‘क्षितिज’लाई सम्मान गरिएको हो ।
नेपाली साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पालिका अभिलेख प्रालि, काठमाडौंले पाँच श्रष्टालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पाँच श्रष्टालाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
शुभद्रा मदन फाउण्डेसन र पालिका अभिलेख प्रालिको आयोजनामा भएको कार्यक्रममा डा. पुरन राईद्धारा लिखित उपन्यास ‘वसन्त रितु’ र नाटक संग्रह ‘लासमाथिको मानवता’को विषयमा चर्चा गरिएको थियो ।
‘लासमाथिको मानवता’का बारेमा एमसी सुमित र ‘वसन्त रितु’को बारेमा बेदीकुमार राईले समिक्षा गर्नुभएको थियो । ‘लासमाथिको मानवता’ र ‘वसन्त रितु’ २०८० सालमा प्रकाशित कृति हुन् ।ईन्फो पालिका प्रालिको मातहतमा प्रकाशन सुरु गरिएको पालिकाअभिलेख डटकमका सम्पादक स्वयं डा. पुरन राई हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा निवासी डा. राईको २०६१ सालमा कविता संग्रह ‘मेरो देशको भूगोल’, २०८० मा कोभिड डायरी ‘डरका बिम्बहरु’, कथा संग्रह ‘अस्तु’ लगायतका कृति प्रकाशित छन् ।