काठमाडौं । चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी टेलिभिजन सीसी टिभीले ६५ जनाको मृत्यु पुष्टि भएको र करिब २५० जना घाइते भएको जनाएको हो ।

१२ जना सम्पर्कविहीन भएको समाचारमा उल्लेख छ । सोमबार सिचुवान प्रान्तको राजधानी चेङ्दुमा ६।   ८ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको इपिसेन्टर चेङ्दुबाट २२६ किलोमिटर दक्षिण पश्चिममा पर्ने पहाडी क्षेत्र लुडिङ भन्ने स्थानमा रहेको चीनको अर्थक्वेक नेटवर्कले जनाएको छ । भूकम्प पछिको परकम्प मंगलबार पनि महसुस भएको थियो ।

भूकम्पका कारण गान्जीमा ३७ जना र यान शहरमा २८ जनाको ज्यान गएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । भूकम्पका कारण वस्तीहरुमा सन्चार सम्पर्क विच्छेद भएको थियो । पहाडी क्षेत्रमा पहिरो गएर सडक पनि अवरुद्ध भएको थियो ।

सिचुवान प्रान्त सरकारले भूकम्प प्रभावित क्षेत्रमा ५ सय बढी उद्धारकर्मीहरुलाई परिचालन गरिएको जनाएको छ । प्रभावितहरुलाई अस्थायी सेल्टरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर