असार २१, रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज मंगलबार बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले बताउनुभयो ।
उहाँका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर