असार १६, काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाउने भएको छ । तर यसबारे नेपाल आयल निगमलाई भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतले पेट्रोलियम पदार्थ निर्यातमा कर लगाएको विषयमा कुनै जानकारी नभएको बताए । इकोनोमिक टाइम्सका अनुसार भारतले पेट्रोलमा प्रतिलिटर भारु ६ र डिजेलमा प्रतिलिटर भारु १३ निर्यात कर लगाउने उल्लेख गरेको छ ।

नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । जसले गर्दा भारतले निर्यात कर लगाउँदा नेपाललाई असर पर्ने देखिन्छ । भारतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक मूल्यलाई मिलाउन कर लगाउने निर्णय गरेको हो
स्रोत नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर