असार १६ , काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

पार्टीका प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनावचिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको बताए । यो चुनावचिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ । केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर