खोटाङ, असार १७ । छुवाछुत मुक्त प्रदेशका बनाउने उद्देश्यले खोटाङ ओखलढुंगा र सोलुखुम्बु तीन जिल्लाका दलित अधिकारकर्मीबाट सुझाव संकलन गरिएको छ । दिक्तेलमा सम्पन्न दलित सशत्तीकरण विधेयक मस्यौदाका लागि सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रमबाट सुझाव संकलन गरिएको हो ।

१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रलायको आयोजना गरेको उक्त कार्यक्रममा तीन जिल्लाका ५० जना भन्दा बढी दलित अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । प्रदेश सांसद उमिता विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण मस्यौदा समितिका सदस्यहरु हुकुम सिं नेपाली र अमर बराइलीले गर्नु भएको हो ।

कार्यक्रमबाट दलितहरुलाई सम्पुर्ण शिक्षा निशुल्क, आवासको व्यवस्था, स्वास्थ्य उपचार र बीमामा बिशेष छुट, निशुल्क लोकसेवा शिक्षा प्रदान लगायतका सुझाव संकलन भएको दलित अधिकारकर्मी विष्णु उपरकोटीले जानकारी दिनुभयो । प्राप्त सुझावले छुवाछुत मुक्त प्रदेश कार्यन्वयन अभियानका लागि महत्वपुर्ण भूमिका खेल्ने मस्यौदा समितिले जनाएको छ ।
सोही प्रकारको कार्यक्रम प्रदेश १ का १४ वटै जिल्ला समेट्ने गरी सुनसरीको इटहरी, पाचँथरको फिदिम र धनकुटामा पनि आज एकै साथ सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय