प्रि-मनसुनका गतिविधि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ ।

मौसमविद् राजु प्रधानाङ्गले प्रि-मनसुनको गतिविधि सक्रिय नहुँदा पानी नपरेको र यसकै कारण गर्मी बढेको बताउनु भएको छ ।

गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । यस्तै, विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, जनकपुरको अधिकतम तापक्रम ३५  डिग्री सेल्सियस, सिमराको ३४ दशमलव ८ डिग्री सेल्सियस र भैरहवाको ३३ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाण्डौको अधिकतम तापक्रम भने २८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशभरको मौसम सफा नै रहने अनुमान गरिएकाले गर्मी थप बढ्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँकाअनुसार भोलि र पर्सि बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर