मोरङको पथरीशनिश्चरेमा लघु उद्यम कार्यक्रम अन्तर्गत उद्यमी छनोट भएकालाई अभिमुखिकरण तालिम दिन थालिएको छ ।

नगरको गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रमअन्तर्गत नगरपालिका कार्यालयद्वारा उक्त तालिम प्रदान गरिएको हो । आइतबार नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरको समृद्धिका लागि आर्थिक विपन्नहरूको जीवनस्तर उकास्ने काममा नगर लागिरहेको बताउनुभयो ।

कार्यक्रममा लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालले सहजिकरण गर्दै उद्यमका लागि योजना तर्जुमादेखि कार्यक्रम कार्यान्वयन अवस्थासम्मका बारेमा पुनर्ताजगीका रूपमा जानकारी गराउनु भयो । आपसी अन्तरक्रिया समेत गर्दै आआफ्ना समूहको प्रगति, बजारीकरण सम्बन्धि समस्या र समाधानका विषयमा छलफल गरिएको थियो।

लघु उद्यम कार्यक्रम अन्तर्गत उद्यमी छनोट गरि विभिन्न चरणका तालिमपछि वडा नम्बर १ मा सुकुटीको अचार, २ मा सिलाईकटाई, ३ मा मुढा बुनाइ, ४ मा बाख्रा पालन, ८ मा दालमोट भूजिया र ९ मा ब्याग निर्माण सहितमा सहभागीहरु सामुहिक रूपमा जुटेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर