काठमाडौं । भक्तपुरको मनोहरा किरानका सुकुमबासी बस्ती भत्काउन सुरू गरिएको छ । हिजो साँझ ढुंगामुढापछि भत्काउन रोकिएको टहरा अहिले भत्काउन थालिएको हो । हिजो २२ सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । सम्भावित प्रतिवाद रोक्न उपत्यकाका ३ वटै जिल्लाका प्रहरीलाई यस क्षेत्रमा परिचालन गरिएको छ । १३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरू गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
यहाँका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने भत्काउन थालिएको उनले बताए । खड्काले भने, ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।’ यस बस्तीमा बस्तीमा ७७७ घरटहरा छन् ।
