खोटाङ । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गुल्म हेड क्वाटर हलेसीको १६ औं स्थापना दिवस मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा अवस्थित गुल्ममा शनिबार बिहान गुल्मलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेर स्थापना दिवस मनाईएको हो ।
स्थापना दिवसमा गुल्मले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई, पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेत, साकेला गाउँपालिका–५ मात्तिमका वडाध्यक्ष जीवन खत्री, रावाबेशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश दाहाल र जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरलाई प्रशंसापत्र प्रदान गरेर सम्मान गरेको हो ।
स्थापना दिवसमा गुल्म तथा मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुबीच भएको ३०० मिटर महिला सशस्त्र प्रहरी कर्मचारी दौडमा प्रथम भएकी जवान प्रतिक्षा आचार्यलाई प्रमाणपत्र र मेडल तथा २ माइल पुरुष दौडमा प्रथम हुने जवान भक्त बहादुर तामाङलाई प्रमाणपत्र प्रदान गरिएको छ । टेवलटेनिसमा प्रथम भएका सशस्त्र प्रहरी सहायक हवल्दार विनोद कार्कीलाई प्रमाणपत्र, हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने सशस्त्र प्रहरी हवल्दारहरु लिल बहादुर खड्का, नविन राई, अमृत सुनुवार र जवान राममाया नगरकोटीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको गुल्मपति प्रहरी नायब उपरिक्षक शैलेन्द्र न्यौपानेले बताए ।
भलिवलमा प्रथम हुने वरिष्ठ हवल्दार दिपेन्द्र अधिकारी, सहायक हवल्दार नैन बहादुर बस्नेत, तिल बहादुर राई, दुर्गा बहादुर राई, जवान प्रविण राई र परिचर सुवास बस्नेतलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।उत्कृष्ट कार्यगरी मासिक जवान घोषणा अन्र्तगत माघ महिनाका मासिक जवान सहायक हवल्दार अर्जुन बस्नेत, फागुन महिनाका मासिक जवान हवल्दार अम्बर बहादुर आले मगर र चैत महिनाका मासिक जवान, जवान अक्ष राईलाई प्रमाण पत्र वितरण गरिएको छ ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिरजंग थापा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई, प्रमुख जिल्ला अधिकारी रेखा कँडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु विष्ट, रणभीम गण मुडे ब्यारेकका सेनानी चन्द्र भट्ट लगायतले सम्मानपत्र प्रदान गरेका थिए। दिक्तेल हाँटडाँडास्थित खाद्ययनको भवनमा गुल्म स्थापना भई २०६७ बैशाख १२ गतेदेखि उक्त गुल्म लफ्याङमा स्थानतरण भएको थियो । यही मितिलाई गुल्म स्थापनाको मिति मान्ने गरिएको छ ।
