खोटाङ, ३० वैशाख । दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत आज (मङ्गलबार)बाट खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।दिक्तेल बजारस्थित बहुेउद्देश्यीय कभर्डहलमा टेबलटेनिस तथा जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको हो ।

खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ५२ तथा बुद्धिचाल प्रतियोगितामा ४१ जना राष्ट्रिय तथा अन्तर्राट्रियस्तरका खेलाडी सहभागी रहेको संयोजनकर्ता जिल्ला बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले बताउनुभएको छ ।महोत्सवको दोस्रो चरणमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम बस्नेतले पानसमा बत्ती बालेर गर्नुभएको हो ।

खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, खुला जुनियर पुरुष टेबलटेनिसमा प्रथम, द्धितय र सेमिफाइनष्टिले क्रमशः रु १५ हजार, रु सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रु तीन हजार ७५० का दरले नगद प्राप्त गर्ने आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभएको छ ।

खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले रु दश हजार, रु पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रु दुई हजार ५०० का दरले नगद पुरस्कार प्रदान गरिने नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ ।यस्तै, खुला महिला÷पुरुष टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र सेमिफानलिस्ट हुने प्रतियोगीले क्रमशः रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाईनलिस्ट दुईवटा टिमले जनही रु छ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिनुभएको छ।

खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार र रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय