काठमाडौं । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ । लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ । यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गर्छन् । यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल बढ्नुको साटो उल्टै झर्ने समस्या थपिन सक्छ ।

धेरै जसो मानिसहरु कपालको समस्यालाई लिएर चिन्तामा हुन्छन् । आज हामी तपाईलाई केही तरीकाहरु भन्नेछौं जसले गर्दा कपाललाई बलियो र राम्रो बनाउँछ । राम्रो देखिन सबै महिला, युवतीहरुलाई मन लाग्छ त्यसैले कपाललाई स्वस्थ राख्न जरुरी मानिन्छ । सन्तुलित खाना, तेलको मालिस, उचित रेखदेख जस्ता कुराहरुले कपाललाई स्वस्थ राख्न सकिन्छ ।

यसरी राख्नुस कपाललाई स्वस्थ :
१. सुख्खा कपाललाई राम्रो र सिल्की बनाउन कन्डिस्नर गर्नुपर्छ । यसको लागि हामो्र घरमा पाइने सामाग्रीहरु प्रयोग गर्न सकिन्छ । जसमा अण्डा को पहेंलो भाग र मह सबैभन्दा उपयुक्त हुन्छ । कपाललाई प्राकृतिक रुपमा सिल्की बनाउनको लागि २,३ अण्डाको पहेंलो भाग र महको को मिश्रण लाई १५/२० मिनेटको लागि लगाउनुस् ।
२. चायाँ पर्नु पनि एउटा ठुलो समस्या हो । जसले टाउको चिलाउने हुन्छ, यसको नियन्त्रणको लागि कागती भिनेगर अमला र मह जस्ता कुराहरुलाई प्रयोग गर्न सकिन्छ ।
३. तेल आउने र चिपचिप हुने कपालको लागि नुहाउनु भन्दा पहिला कपालमा भिनेगर लगाउने जसबाट कपालमा भएको तेल अर्थात चिपचिप हराएर जान्छ ।
४. यदि तपाईको कपाल झरिरहन्छ भने कपालमा प्याजको रस, अदुवाको रस, अंरडीको तेल प्रयोग गर्दा कपाल झर्ने समस्याबाट छुटकरा पाउनु हुनेछ । हप्तामा टाउकोमा दुई तीन पटक प्याजको रस लगाउनाले पनि कपाल झर्न रोकिन्छ ।
५. कपाललाई स्वास्थ राख्नको लागी चिसो पानीले नुहाउनु पर्दछ । सल्फेट फ्री र पीएच सन्तुलित स्याम्फू प्रयोग गर्नुहोस् । फराकिलो दाँत भएको काइयोले कपाल कोर्नुहोस् । भिजेको कपालमा नकोर्नुहोस् ।
६. कपाललाई स्वस्थ बनाउनको लागी सन्तुलित भोजनको सेवन गर्ने प्रोटीनयुक्त, बोसो कम भएका र कम कार्बोहाइड्रेट भएका खानेकुराहरु खाने कपाल स्वास्थ बनाउनको लागी पालुङ्गोको साग, स्याउ, अनार खानुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर