झापाको दमकमा आईतबार साझ भएको आगलागिमा करिब १० लाख रुपैयाभन्दा बढिको क्षति भएको छ । दमक ८ स्थित क्रिष्टल फर्निचर उद्योगमा साझ साढे ७ बजेतिर आगो लागेको थियो । आगलागिबाट फर्निचर उद्योगमा प्रयोग हुने औजार उपकरणसहित प्लाई तथा केहि फर्निचरहरु समेत जलेर नष्ट भएको सो उद्योगका सञ्चालक साकिर हुसेनले जानकारी दिनुभएको छ ।

आगो दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्र, शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा करिब १ घण्टापछि नियन्त्रणमा आएको थियो । बिद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर