असोज १९,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीमा सहभागी हुन आएका स्वदेसी तथा बिदेसी चित्रकारहरुले शुक्रबार दिक्तेलका विभिन्न ठाउँमा क्यानभासमा लाइभ चित्र बनाइरहेका छन् ।

असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चित्रकला कार्यशाला तथा प्रदर्शनीमा स्वदेशका १७ जना र विदेशका २० जना चित्रकारहरुले सोल्माको शुभद्रा मदन फाण्डेसन, रत्नपार्क, हेलीप्याड, हाटडाँडा, कालिका भगवती मन्दिर, मझुवागढी क्षेत्रमा क्यानभासमा लाइभ चित्र बनाइरहेका छन् ।

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर