दमक — झापा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा दक्षिण कोरिया जानु हुने भएको छ । दक्षिण कोरियाको सोउलमा विश्व मेयर सम्मेलनमा भाग लिन दमकका नगर प्रमुख थापा आज राति त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । सम्मेलन सेप्टेम्बर २६ देखी २७ तारिखसम्म आयोजना हुनेछ । नेपाली समय अनुसार आज राती ११ बजेको हवाई उडान मार्फत मेयर थापा दक्षिण कोरिया जान लाग्नु भएको हो । नगर प्रमुख थापासँगै नगरका लेखा अधिकृत देवी कोइराला पनि त्यसतर्फ जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय