दमक — झापाको दमकमा बिगत ३ दिन यतादेखी फोहोर व्यवस्थापन हुन सकेको छैन । दमकमा फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट ईरा ईनर्जी प्रा.लि र नगरपालिका बिचको बिबादका कारण दमकमा बिगत ३ दिन यतादेखी फोहोर उठ्न नसकेको हो । नगरपालिका र नेक्स्ट ईरा ईनर्जी प्रा.लि बिचको बिगतको सम्झौता कार्यान्वयन नभएको भन्दै फोहोर उठाउननै छाडेको नेक्स्ट ईरा ईनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक बिमल खतिवडाले जानकारी दिए । बिगत ३ दिन यतादेखी शहरको फोहोर नउठ्दा दमकको मुख्य चोकदेखी सडकका किनारामा फोहोरको थुप्रो लागेको छ । यस्तै दुर्घन्ध समेत फैलिन थालेको भन्दै स्थानीय ब्यापारीहरुले त्यसको बिरोध समेत गरिरहेका छन् । यस बिषयमा आजै कुनै न कुनै टुङ्गोमा पुग्ने प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए । यस अघिपनि पटक पटक यसरी नगरभित्रको फोहोर उठाउने बिषयमा कम्पनी र नगरबिचको आपसी असमझदारीका कारण फोहोर उठाउने कार्य अबरुद्ध हुदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर