जवरजस्ती करणीको प्रयास गरेको आरोपमा झापा,दमकका एक जना दन्त चिकित्सक पक्राउ परेका छन् ।दमक -९ घर भई हाल दमक -६ स्थित सुर्योदय दमक डेन्टल सञ्चालन गरिआएका डा.नवनितकुमार झा पक्राउ परेका हुन् । उनले आफनै डेन्टलमा कार्यरत एक महिला कर्मचारीमाथि जर्वजस्ती करणीको प्रयास गरेको आरोप छ ।
पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि डा. झालाई २१ भाद्रमा इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर जवरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरेको छ । सो मुद्धाको अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट प्रहरीले म्याद थपको आदेश समेत लिएर अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।
उनले पीडित भनिएकी महिलाको किटानी जाहेरीका आधारमा तत्कालै झालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी प्रकृया अघि बढाइएको बताए ।यता आरोपी झाले भने आफूले ती महिलामाथि जर्वजस्ती करणीको प्रयास नगरेको जिकीर गरिआएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर