हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।

आगामी २४ घण्टा देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । भारी वर्षाको भने सम्भावना छैन । दिउँसो आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान लगायत देशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि (शुक्रबार) दिउँसो बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

राति बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

शनिबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान लगायत बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ । देशका तराई भू-भागका केही स्थानमा हावाहुरी चल्ने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा सामान्य वर्षा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर